समाचार

बालुवाटार बैठक निष्कर्षविहीन

By खबरहब

February 06, 2022

काठमाडौँ– प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीचको बैठक निष्कर्षविहीन भएको छ ।

बालुवाटारमा आज करिब दुई घण्टा चलेको बैठकमा नेकपा एमालेले एमसीसीबारे सत्तापक्षमै स्पष्टता जरुरी रहेको बताएको छ । सत्तापक्षभित्रै एमसीसीबारे समान धारणा नरहेको एमालेको भनाइ छ । बैठकमा एमसीसी सम्झौता अघि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीसँग सहयोग मागेका थिए ।

त्यसको प्रतिउत्तरमा ओलीले यस्तो जवाफ दिएका हुन् । त्यस्तै, नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई हटाउनुपर्ने माग पनि गरेको छ । आफूहरूको माग सम्बोधन नभएसम्म प्रतिनिधिसभा बैठक चल्न नदिने अडान आफूहरूको रहेको अध्यक्ष ओलीले स्पष्ट पारेका थिए ।

स्थानीय चुनाव समयमै हुनुपर्ने कुरा पनि अध्यक्ष ओलीले देउवासमक्ष राखेका थिए ।