फाइल फोटो

देश/प्रदेश

जोर बिजोर प्रणाली हट्यो (आदेशसहित)

By खबरहब

February 06, 2022

काठमाडौँ– काठमाडौँ उपत्यकामा सवारी साधनमा जोरबिजोर प्रणाली हटेको छ ।

आइतबार बसेको प्रमुख जिल्ला अधिकारीहरूको बैठकले आज राति १२ बजेदेखि सवारी साधनामा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी धनश्याम भुसालले जानकारी दिए ।

साथै बैठकले फागुन १ गतेदेखि भौतिक उपस्थितिमै विद्यालयहरू सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।