आर्थिक

४० अंकले घट्यो नेप्से परिसूचक

By खबरहब

February 06, 2022

काठमाडौँ– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ।

आज नेप्से परिसूचक ४०.५७ अंक घटेर दुई हजार ८३६.१७ बिन्दुमा झरेको छ। त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स ७.७३ अंकले घटेको छ।

आइतबार कारोबारमा आएका २२८ कम्पनीको एक करोड ६ लाख ५१ हजार कित्ता सेयर ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार रुपैयाँबराबरमा खरिदबिक्री भएको छ। गत बिहीबारको तुलनामा आइतबार नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ। बिहीबार ८ अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो।

आइतबार १३ वटै उपसमूहको परिसूचकमा गिरावट आएको छ। जसमध्ये जीवन बिमा उपसमूह सबैभन्दा बढी ३.५७ प्रतिशत घटेको छ। नेप्से घटे पनि आज नेपाल हाइड्रो डेभलपर्स कम्पनीको सेयर मूल्य भने सबैभन्दा बढी ८.०८ प्रतिशतले बढेको छ।