समाचार

गायिका लताको निधनप्रति प्रधानमन्त्री देउवाबाट शोक व्यक्त

By खबरहब

February 06, 2022

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय गायिका लता मङ्गेशकरको निधनमा शोक व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले आइतबार साँझ सामाजिक सञ्जालमार्फत मङ्गेशकरको निधनमा श्रद्धाञ्जली दिएका हुन् ।

मङ्गेशकरले केही नेपाली गीतमा समेत आवाज दिएकी छन् । गायिका लताको उपचारका क्रममा आज निधन भएको हो ।