समाचार

अर्घाखाँचीमा घट्दै कोरोना संक्रमित

By खबरहब

February 06, 2022

अर्घाखाँची– अर्घाखाँची जिल्लामा कोरोना संक्रमण हुनेको संख्यामा कमी आएको छ । केही दिनअघि ह्वात्तै बढेको संक्रमण पछिल्ला दिनमा कम हुँदै गएको पछिल्लो पाँच दिनको तथ्यांकले देखाएको छ ।

दैनिक २०/२५ जनाका दरले संक्रमित थपिएपछि सक्रिय संक्रमितको संख्या उकालो लागेको अर्घाखाँचीमा माघ १२ गते सक्रिय संक्रमितको संख्या दुई सय २७ पुगेको थियो ।

त्यसपछि १८ गतेसम्म संक्रमित र संक्रमण मुक्त हुनेको संख्या उस्तै उस्तै रहे पनि १९ गतेपछि नयाँ संक्रमित हुनेको तुलनामा संक्रमणमुक्त हुने धेरै देखिएका छन् ।

आज पनि ९ जना नयाँ संक्रमित थपिँदा संक्रमण मुक्त हुनेको संख्या १६ रहेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए । यससँगै अर्घाखाँचीमा सक्रिय संक्रमितको संख्या १ सय ४४ पुगेको जिल्ला छ ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका अनुसार अर्घाखाँची जिल्लामा हालसम्म ४ हजार ९ सय ४ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । हालसम्म अर्घाखाँची जिल्लामा कोभिडबाट ज्यान गुमाउनेको संख्या ९२ पुगेको छ ।