खेलकुद

चीनलाई एएफसी महिला एसियन कपको उपाधि

By खबरहब

February 06, 2022

एजेन्सी– चीनले एएफसी महिला एसियन कप फुटबलको उपाधि जितेको छ ।

मुम्बईमा आइतबार भएको फाइनलमा पहिलो हाफ २–० ले पछि परेको चीनले दक्षिण कोरियालाई ३–२ गोलले हराउँदै नवौँ पटक उपाधिमाथि कब्जा जमाएको हो ।

पछिल्लो पटक सन् २००६ मा उपाधि जितेको चीनका लागि जियाली ताङ, लिनयान झाङ, युजीले गोल गरे ।

कोरियाका लागि चोई युरी र जी सो युनले गोल गरे पनि उपाधि जिताउन सकेनन् । नेपाल भने प्रतियोगितामा छनोट हुन सफल भएन । नेपाल छनोट चरणबाटै बाहिरिएको थियो ।