राजनीति

मन्त्री यादवलाई बर्खास्त गर्न प्रधानमन्त्रीसँग एमालेको आग्रह

By खबरहब

February 06, 2022

काठमाडौँ– नेकपा एमालेले गौर नरसंहार दोहोर्‍याउने अभिव्यक्ति दिने भौतिक पूर्वाधार तथा योजनामन्त्री रेणुकुमारी यादवलाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ ।

आइतबार बालुवाटारमा बसेको बैठकमा एमाले अध्यक्ष केपीशर्मा ओलीले मन्त्री यादवलाई बर्खास्त गर्न आग्रह गरेका हुन् ।

बैठकमा देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र ओली सहभागी थिए । गौर नरसंहार दोहोर्‍याउने हिंसात्मक अभिव्यक्ति दिएकाले बर्खास्त गर्न अध्यक्ष ओलीले आग्रह गरेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए । ‘गौर नरसंहार दोहो¥याउने अभिव्यक्ति मानवताविरुद्धको अपराध हो । त्यसैले मन्त्रीबाट बर्खास्त गर्नुस्’ ओलीले भनेका थिए ।