खेलकुद

पीएसजी निससँग पराजित

By खबरहब

March 06, 2022

काठमाडौं – फ्रेन्च लिग लिडर पेरिस सेन्ड जर्मेन (पीएसजी) शनिबार राति भएको खेलमा दोस्रो स्थानको निससँग १–० अन्तरले पराजित भएको छ ।

घरेलु मैदानमा निसलाई जिताउन एण्डी डेलोर्टले खेल सकिन दुई मिनेट अघि गोल गरे ।

भ्रमणकारी टोली पीएसजीले आफ्नो अट्याकमा लिओनल मेस्सी, नेयमारलाई स्थान दिएपनी फिनिसिङमा भने चुकेको थियो । लिगमा पीएसजीको यो पछिल्लो तीन खेलमा दोस्रो हार हो।

जितसंगै निसले पीएसजीसंगको दूरी घटाएको छ। पीएसजीको २७ खेलबाट ६२ अंक सहित शीर्ष स्थानमा छ भने समान खेलबाट निसको ४९ अंक छ ।