खेलकुद

सोसिडाडविरुद्ध रियल मड्रिडको पुनरागमन जित

By खबरहब

March 06, 2022

काठमाडौं- स्पेनिस लिग लिडर रियल मड्रिडले शनिबार राति रियल सोसिडाडजिरूद्ध ४-१ अन्तरको पुनरागमन जित निकाल्दा शीर्ष स्थानमा आठ अंकको अग्रता बनाएको छ।

घरेलु मैदान सान्तियागो बर्नाबेउमा भएको खेलमा १०औं मिनेटमै १-० अन्तरले पछि परेको रियलले पुनरागमन जित सहित सिजनको १९औं जित निकालेको हो।

रियलको जितमा इडुआर्डो कामाभिङ्गा, लुका मोड्रिक, कप्तान करिम बेन्जेमा र मार्को एसेन्सियोले एक-एक गोल गरे। यसअघि सोसिडाडका माइकलले गोल गर्दै अग्रता बनाएका थिए।

जितसंगै रियलले दोस्रो स्थानको सेभियामाथी आठ अंकको अग्रता बनाएको छ। रियलको २७ खेलबाट ६३ अंक छ भने सोसिडाड समान खेलबाट ४४ अंकसहित छैटौं स्थानमा छ।