समाचार

विश्वभर एक दिनमा साढे १३ लाख कोरोना संक्रमित थपिए, ६ हजारको मृत्यु

By खबरहब

March 06, 2022

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा १३ लाख ७० हजार कोरोना संक्रमित थपिएका छन् ।

थपिनेमा जर्मनीमा एक लाख ४४ हजार, रुसमा ८६ हजार, ब्राजिलमा ५८ हजार, फ्रान्समा ५३ हजार, इटलीमा ३९ हजार, टर्कीमा ३२ हजार र अमेरिकामा १६ हजार थपिएका छन् ।

यही अवधिमा १३ लाख ७५ हजार निको हुँदा ५ हजार ६३२ जना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुसमा ७५०, ब्राजिलमा ६४५, अमेरिकामा ३२८, इटलीमा १७४, जर्मनीमा १५३ र फ्रान्समा १२० जना छन् ।

निको हुनेमा अमेरिकामा एक लाख ६४ हजार, रुसमा एक लाख ५५ हजार, जर्मनीमा एक लाख ३५ हजार र फ्रान्समा ८६ हजार छन् ।