मनोरञ्जन

मदनकृष्ण पुत्री सरानाको नयाँ गीत आज सार्वजनिक गरिँदै

By खबरहब

March 06, 2022

काठमाडौँ – वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पुत्री सराना श्रेष्ठको नयाँ गीत आज (आइतबार) सार्वजनिक हुँदैछ ।

गायिका, निर्देशक तथा मोडलसमेत रहेकी सरानाले नयाँ गीतका रुपमा ‘मन्तर मोहनी’ बजारमा ल्याउन लागेकी हुन् ।

सराना आफैले निर्देशन गरेको भिडियो पनि आजै सार्वजनिक गर्ने तयारी गरिएको छ । गीतको भिडियोमा पुष्प खड्का, साम्राज्ञी क्षेत्रीसँगै सराना पनि देखिने छिन् ।

कालीप्रसाद बाँस्कोटाले संगीत भरेको गीतमा सरानाकै स्वर छ । गीतको भिडियोमा बुबा मदनकृष्ण र हरिवंश आचार्य पनि देखिनेछन् ।