समाचार

ढुंगेधाराको तरकारी बजारमा आगलागी

By खबरहब

March 06, 2022

काठमाडौँ : ढुंगेधारा चोक नजिकै रहेको तरकारी बजारमा आगलागी भएको छ । गएराती साढे १२ बजे लागेको आगलागीबाट ६० देखि ७० वटा पसलमा क्षति भएको प्रहरीले जनाएको छ ।

महानगरी प्रहरी वृत्त बालाजुले गएराती आगो लागेको केही घण्टामा चार वटा दमकलले आगो नियन्त्रणमा लिएको जनाएको छ । आगलागीको कारण भने खुलेको छैन ।

अहिले घटनास्थलमा रहेको प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको छ ।