फाइल फोटो

अन्तर्राष्ट्रिय

खेरसनका स्थानीयले रुसी सेनालाई भने – ‘तत्काल हाम्रो भूभाग छोड’

By खबरहब

March 06, 2022

किभ – युक्रेनले नियन्त्रणमा लिएको खेरसन सहरका वासिन्दाहरुले रुसी सेनाविरुद्ध प्रदर्शन गरेका छन् । खेरसनको ब्ल्याक सी बन्दरगाहमा रुसी अतिक्रमणको विरुद्धमा युक्रेनीहरुले प्रदर्शन गरेका हुन् ।

खेरसन रुसी सेनाले कब्जामा लिएको पहिलो युक्रेनी सहर हो । रुसी सेनाले प्रदान गरेको मानवीय सहायता अस्वीकार गर्दै उनीहरुले देशभक्तिपूर्ण नारा लगाएका थिए । युक्रेनी झन्डा बोकेका उनीहरुले रुसी सेनालाई देश छोड्न माग गरेका थिए ।

‘यो सयौंको होइन्, हजारौंको प्रदर्शन थियो,’ प्रदर्शनमा सहभागीमध्येका एक जनाले बीबीसीलाई भने । ‘युक्रेन हाम्रो हो भनेर हामीले नाराबाजी गर्यौं’ उनले थपे, ‘हामीले रुसी सेनालाई घर फर्क, हामी तिमीहरुलाई यहाँ देख्न चाहन्नौं भन्यौँ । हामी युक्रेनमै बस्न चाहन्छौं । हामी युरोपमा बस्न चाहन्छौ, रुसमा होइन ।’

प्रदर्शन तितर वितर पार्न रुसी सेनाले हवाई फायर गरेको उनले बताए । यसैबीच, खेरसनमा विद्युत र इन्टरनेटको सीमित सुविधा भएको स्थानीयले बताएका छन् ।