फाइल फोटो

राजनीति

माओवादी केन्द्रीय कमिटी बैठक आज पनि, यी विषयमा हुँदैछ छलफल

By खबरहब

March 06, 2022

काठमाडौँ – सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज (आइतबार) बस्दैछ।

बैठक बिहान ११ बजे बस्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिएका छन्।

माओवादी केन्द्रीय कमिटी बैठक गत शुक्रबारबाट सुरु भएको हो। आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन लगायतका एजेण्डामा छलफल हुने उनले बताए।

माओवादीले पदाधिकारीसँगै स्थायी कमिटी चयनको तयारी थालेको छ। गत शुक्रबारको बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएको थियो ।

ढकालका अनुसार बैठकको कार्यसूची कार्ययोजना निर्माण र संगठन हुनेछ । गत पुसमा सम्पन्न माओवादीको आठौँ महाधिवेशनले २४७ केन्द्रीय सदस्य चयन गरेको थियो ।