फाइल फोटो

समाचार

मर्मतपछि ३ सय घरधुरीलार्ई स्वच्छ पिउने पानीको व्यवस्था

By खबरहब

March 06, 2022

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका १६ नं वडामा करिब ३ सय घरधुरीलाई स्वच्छ सफा पिउने पानीको व्यवस्था गरिएको छ ।

त्यहाँ सञ्चालनमा रहेको पुरानो जीर्ण खानेपानी योजनालाई मर्मत गरिएपछि स्वच्छ खानेपानी आपुर्ति हुन थालेका हुन् । खानेपानी योजना वडाको आर्थिक बर्ष २०७८-०७९ को वडागत बजेट अन्तरगत मर्मत गरिएको वडाध्यक्ष मानबहादुर राईले जानकारी दिए ।

वडाका २ लाख अनुदान बजेट र ६० हजार स्थानीयबासीको सहयोगबाट खानेपानी मर्मतले बढी भन्दा बढी घरपरिवारलाई स्वच्छ खानेपानीको सुविधा भएको वडाध्यक्ष राईले बताए । खानेपानी मर्मत सम्भारको काम वडाध्यक्ष सहित स्थानीयबासीले श्रमदान गरि मर्मत गरेका थिए ।

एक घर एक धारा, पुर्ण सरसफाइ हाम्रो अभिभारा भन्ने वडाको अभियान अन्तर्गत खानेपानी मर्मत सम्भार गरिएको खानेपानी समिति सुकौराले जनाए । कार्यक्रममा समितिको योजना बजेट खर्चको सार्वजनिक परिक्षण समेत भएको छ ।

गत आर्थिक बर्ष निर्माण कार्य सम्पन्न भएको २० हजार लिटर क्षमता बराबरको ट्याङ्किबाट पानी वितरण कार्य समेत भएको छ । वितरण प्रणाली मार्फत नै करिब ३ सय घरधुरिलाई स्वच्छ पिउने पानी व्यवस्था भएको समितिका अध्यक्ष बलबहादुर कटुवालले बताए ।