समाचार

पूर्वराजा ज्ञानेन्द्र शाह त्रिसरा लाउन्जमा (तस्बिरसहित)

By खबरहब

March 06, 2022

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाह लाजिम्पाटस्थित त्रिसरा लाउन्जमा पुगेर रमाएका छन्।

शुक्रबार राति १० बजे उनी छोरीसहित रात्रिकालीन क्लबमा पुगेका हुन्। त्यहाँ उनले करिब सवा १ घण्टा समय विताएको बताइएको छ।

त्यसक्रममा त्यहाँ सहभागीहरुले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ।’ जस्ता नारा लगाएका थिए। राजतन्त्रको पक्षमा नारा घन्किदा शाह मुसुमुसु हाँस्दै भिभिआईपी कक्षतर्फ अघि बढेका थिए।

जतिबेला दर्शकहरूले हात हल्लाउँदै हुटिङ गरिरहेका थिए।

तस्बिर : त्रिसराको फेसबुक पेजबाट।