समाचार

दमौलीको एक हार्डवयर पसलमा आगलागी, नियन्त्रणको प्रयास हुँदै

By खबरहब

March 06, 2022

तनहुँ – जिल्ला सदरमुकाम दमौलीस्थित हार्डवयर पसलको गोदाममा भिषण आगलागी भएको छ ।

व्यास नगरपालिका–४ स्थित मुख्यचोक भूपाल हार्डवयरमा भिषण आगलागी भएको हो ।

हार्डवेयरको गोदाममा आइतबार बिहान १० बजेदेखि आगलागी सुरु भएको थियो ।

प्रहरी र स्थगानीयको प्रयासमा आगलागी नियन्त्रणको प्रयास भइरहे पनि नियन्त्रणमा लिन सकिएको छैन ।

आगलागीको कारणबारे खुल्न नसकेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।