समाचार

विवेकशील साझाका काठमाडौँ जिल्ला अध्यक्ष वैद्य एमालेमा प्रवेश

By खबरहब

March 06, 2022

काठमाडौँ- विवेकशील साझा पार्टीका काठमाडौँ जिल्ला अध्यक्ष अमृतराज वैद्य नेकपा एमालेमा प्रवेश गरेका छन्।

आइतबार बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले वैद्यलाई एमालेमा प्रवेश गराएका हुन् । पार्टी प्रवेशपछि एमाले नेता डा. राजन भट्टराईले बिचार र कार्यक्रम तथा संगठनका हिसावले एमाले पहिलो पार्टी भएकाले एमालेमा प्रवेश गर्ने लहर चलेको बताए। उनले एमालेमा पार्टी प्रवेश गर्ने लहरले एमालेलाई थप जिम्मेवार बोध गराएको बताए।

त्यस्तै पार्टी प्रवेश गर्दै वैद्यले मुलुकका लागि काम गर्ने पार्टी एमाले भएकाले आफु एमालेमा प्रवेश गरेको बताए। यसअघि साझा विवेकशील पार्टीका केहि युवाहरुले पार्टी छोडेको घोषणा गरेका थिए ।