तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

साउदी अरबमा कोरोना भाइरसविरुद्धका प्रतिबन्धहरु हटे

By खबरहब

March 06, 2022

काठमाडौं- साउदी अरबले कोरोना भाइरसका विरुद्धमा लगाएका अधिकांश प्रतिबन्धहरु आइतबारदेखि हटाएको छ ।

साउदी स्वास्थ्य मन्त्रालयले सो विषयमा जानकारी दिदै आन्तरिक हवाई उडानहरुमा अब कोरोना भाइरस संक्रमणसम्बन्धी स्वास्थ्य जाँच, पिसीआर रिपोर्ट आवश्यक नपर्ने जनाएको हो ।

त्यसैगरी त्यहाँ अब सार्वजनिक स्थलहरुमा पनि उपस्थित हुन पाइने भएको छ ।  पर्यटकीय स्थलहरुमा उपस्थितिका लागि पिसीआर रिपोर्ट आवश्यक नरहेको बताइएको छ ।

तर मानिसहरुले घर बाहिर निस्किँदा मास्क भने लगाउनुपर्ने भएको छ । सार्वजनिक स्थलहरुमा मास्क भने अनिवार्य गरिएको बताइएको छ ।

पछिल्ला केही हप्तामा कोरोना भाइरसको प्रकोप घट्दै गएकाले सरकारले लगाउँदै आएका प्रतिबन्धहरु हटाएको जनाएको छ ।