समाचार

किसानलाई अनुदानमा आलुको बीउ 

By खबरहब

March 06, 2022

रसुवा- रसुवाको उत्तरगया गाउँपालिकाले किसानलाई आलुको बीउ उपलब्ध गराउन सुरु गरेको छ । आलुखेतीलाई व्यवसायीक बनाएर जीवन निर्वाहमा सघाउ पुर्‍याउन गाउँपालिकाले किसानलाई आलुको बीउ उपलब्ध गराउन सुरु गरेको हो । 

गाउँपालिकाले ५० प्रतिशत अनुदानमा गाउँपालिकाको तिरु, गोगने, करुम्राङ, सुरुचेतका किसानलाई आलुको बीउ वितरण गर्न सुरु गरेको छ । गाउँपालिका -१ का वडाध्यक्ष उपेन्द्र लम्सालले शनिबार ७० जना किसानलाई आलुको बीउ वितरण गरे । प्रति किसानलाई २५ किलोको दरले आलुको बीउ वितरण गरिएको उनले बताए । 

वडा नम्बर १ कै करुमर्याङ, सिरुचेत, काम्लुङका किसानलाई पनि आलुको बीउ वितरण गर्ने तयारी रहेको उनले बताए । सोमबारसम्ममा सबै किसानलाई बीउ वितरण गर्ने तयारी छ । 

चालु आर्थिक वर्ष ०७८-७९ मा वडा नम्बर १ का ४ सय २० किसानलाई बीउ उपलब्ध गराउने लक्ष्य छ ।