फाइल फोटो

मुख्य समाचार

महाभियोग छानबिनका लागि ११ सदस्यीय समिति गठन, कुन दलबाट को-को ?

By खबरहब

March 06, 2022

काठमाडौँ- प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणामाथिको महाभियोग प्रक्रिया अगाडि बढाउनेबारे छलफल भएको छ ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकले ११ सदस्यीय समिति बनाएको छ। समितिमा प्रमुख प्रतिपक्ष नेकपा एमाले पनि बसेको छ।

समितिमा सबैभन्दा ठूलो दल एमालेबाट चारजना सदस्य छन् भने कांग्रेसबाट दुईजना, माओवादीबाट दुईजना, नेकपा एसबाट एकजना, जसपाबाट एकजना र लोसपाबाट एकजना रहेका छन् ।

दलहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध फागुन १ महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६२ मा अनुसार समिति बनाइएको हो।

महाअभियोग सिफारिस समिति

एमाले १. विष्णु पौडेल २.लालबाबु पण्डित ३. शिबमाया तुम्बाहाम्फे ४. कृष्ण भक्त पोखरेल कांग्रेस ५. मिन बहादुर विक ६. रामबहादुर विष्ट माओवादी ७. यसोदा सुवेदी ८. रेखा शर्मा नेकपा एस ९. कल्याणी खड्का लोसपा १०. एकवाल मियाँ जसपा ११. प्रमोद साह