राजनीति

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सोमबारसम्मका लागि स्थगित

By खबरहब

March 06, 2022

काठमाडौँ- नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।

आइतबार बस्ने भनिएको बैठक तयारी नपुगेका कारण सोमबारका लागि सारिएको नेताहरुले जनाएका छन् । आइतबार बिहान ११ बजे बस्ने भनिएको बैठक सुरुमा दुई घण्टा सारिएको थियो । तर दुई घण्टा सार्दा पनि तयारी नपुगेको भन्दै सोमबार ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको हो ।

एमसीसीको विवादलाई टुंग्याएपछि केन्द्रीय सदस्यहरुको मनोनयन र पदाधिकारी चयनमा छलफल हुने जनाइएको छ । गत पुसमा सम्पन्न माओवादी महाधिवेशनले २ सय ९९ सदस्यीय केन्द्रीय कमिटि निर्धारण गरेकोमा १० प्रतिशत सदस्य केन्द्रीय समितिबाट चयन गर्ने ब्यवस्था गरिएको थियो ।

त्यस्तै माओवादीमा एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष चयन गर्न बाँकी छ ।