राजनीति

ओलीको एमालेले संसद चल्न नदिएर गन्जागोल कायम राखिरह्यो : अध्यक्ष नेपाल

By खबरहब

March 06, 2022

काठमाडौँ- एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेले संसद चल्न नदिएको आरोप लगाएका छन्।

आइतबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले एमालेले संसद चल्न नदिएर दुःख दिइरहेको बताएका हुन्।

उनले भने, ‘ओलीको एमालेले संसद चल्न नदिएर गन्जागोल कायम राखिरह्यो। हामीलाई समेत दुःख दिइरहेको छन्। यस्तो अवस्थामा राखिरहनु भन्दा संसद विघटन गरेर अर्ली इलेक्सनमा जानु राम्रो हुन्छ। संसद नै नरहेपछि ओलीको वितण्डा पनि खत्तम हुन्छ ।’