राजनीति

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

By खबरहब

March 06, 2022

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेकी छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटमा गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र प्रधानसेनापति प्रभुराम शर्मासमेत थिए।

प्रधानमन्त्री लगायत मन्त्रीहरूले आगामी चुनावी तयारी र सुरक्षा लगायत विषयमा राष्ट्रपतिलाई जानकारी गराएको बताइएको छ।