फाइल फोटो

अपराध

अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखिने

By खबरहब

March 06, 2022

तनहुँ– नाबालिगमाथि जबरजस्ती करणी गरेको आरोप लागेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ ।

जिल्ला प्रहरी कार्यालयको न्यायिक हिरासतमा रहेका आरोपी शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न आइतबार तनहुँ जिल्ला अदालतले अनुमति दिएको हो ।

यसअघि अदालतले उनलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न तनहुँ प्रहरीलाई म्याद दिएको थियो ।

नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको आरोपमा उजुरी परेपछि एक साताअघि फागुन १२ गते शाहले तनहुँ प्रहरीसमक्ष गिरफ्तारी दिएका थिए ।