सांकेतिक तस्बिर

समाचार

ओखलढुंगामा जीप दुर्घटना, एक जनाको मृत्यु

By खबरहब

March 06, 2022

ओखलढुंगा– ओखलढुंगामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आइतबार सिद्धिचरण नगरपालिका–५ सिस्नेखोलामा जीप दुर्घटना हुँदा ओखलढुंगाको चिसङखुगढी गाउँपालिका–३ की ३८ वर्षीया कुमारी श्रेष्ठको मृत्यु भएको हो । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा सामुदायिक अस्पताल ओखलढुंगामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्य ७ जना घाइते भएका छन् ।

घाइतेमध्ये चालक र अर्का एक जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ । अन्य घाइतेको सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

माम्खाबाट ओखलढुंगातर्फ जाँदै गरेको प्रदेश १–०२ ०–०१ ज ३८७५ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना भएको हो ।