समाचार

थप ६८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्‍यु

By खबरहब

March 06, 2022

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १३५ जनाको पीसीआर परीक्षण गर्दा ५४ जना र १ हजार ७९४ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी ६८ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ५३८ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ६ हजार ४६१ जना सक्रिय संक्रमित रहेका छन्।