आर्थिक

समता घरेलु लघुवित्तको विक्री प्रबन्धकमा आरविवि मर्चेन्ट नियुक्त

By खबरहब

March 06, 2022

काठमाडौं एफपीओ जारी गर्नको लागि समता घरेलु लघुवित्तले आरविवि मर्चेन्टलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

 आज एक कार्यक्रम विच समता घरेलु लघुवित्त वित्तियको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र आरविवि मर्चेन्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेल विच हस्ताक्षर भएको हो ।

समता घरेलु लघुवित्त पहिले   साविक समता लघुवित्त वित्तिय संस्था र साविक घरेलु लघुवित्त वित्तिय संस्थावीच १००:८० दरले गाभिएको थियो ।

अव संस्थाको कुल चुक्ता पूँजी रकम २८ करोड ५६ लाख २० हजार रुपैयाँको २० प्रतिशत वोनस पश्चात्कम्पनीको चुक्ता पूँजी ३४ करोड २७ लाख ४४ हजार रुपैयाँ  कायम हुनेछ ।

लुघवित्तको शेयर संरचना संस्थापक ७० प्रतिशत र सर्वसाधारण्को ३० प्रतिशत कायम हुने गरि एफपीओ निष्काशन गर्ने भएको कम्पनीले जनाएको छ ।