राजनीति

संसद अवरोध छोडेर एमाले संसदीय प्रक्रियामा आउने दाबी : कानुन मन्त्री बडु

By खबरहब

March 06, 2022

काठमाडौँ- कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले संसद अवरोध छोडेर एमाले संसदीय प्रक्रियामा आउने दाबी गरेका छन्।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मिसँग कुरा गर्दै मन्त्री बडुले महाभियोग समितिमा सदस्य पठाएर एमालेले संसदीय प्रक्रिया स्वीकारेको भन्दै संसद अवरोध पनि हट्ने दाबी गरेका हुन्।

त्यस्तै उनले एमालेले लामो समयदेखि संसद अवरोध गरिरहँदा यसको संसदको औचित्यमाथि जनताबाट प्रश्न उठ्ने अवस्था बनेकाले अर्ली इलेक्सनको कुरा उठेको जिकिर गरे।

एमाले संसदीय प्रक्रियामा आयो भने संसद पूर्णकालसम्म नै चल्ने उनको भनाई छ ।