समाचार

नेपाल वायुसेवा निगमलाई साउदी अरेबिया उडानको अनुमति

By खबरहब

March 06, 2022

काठमाडौं- साउदी अरेबियाले नेपाल वायुसेवा निगम (नेवानि)लाई उडान अनुमति प्रदान गरेको छ ।

साउदी अरेबियाको नागरिक उड्डयन नियामक निकाय जनरल अथोरिटी अफ सिभिल एभिएशन (जेएसिए) ले आज नेवानिलाई आज उडानको अनुमति दिएको हो ।

 जेएसिएबाट प्राप्त अनुमतिअनुसार नेवानिले रियाद, दमाम र जेद्दामा उडान गर्न पाउनेछ । यसैबीच नेवानिले आज एक विज्ञप्ति जारी गरी आगामी बैशाखदेखि काठमाडौँ–रियाद–काठमाडौँ क्षेत्रमा साताको तीन दिन व्यावसायिक उडान गर्ने जनाएको छ ।