समाचार

वामपन्थी नेता कृष्णराज बर्माको निधन

By खबरहब

March 06, 2022

काठमाडौँ-  वामपन्थी नेता कृष्णराज बर्माको निधन भएको छ । ९३ वर्षको उमेरमा बर्माको आइतबार साँझ उपचारका क्रममा निधन भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि बर्मालाई ओम अस्पताल भर्ना गरिएको थियो । उनलाई थप उपचारका लागि  बुधबार ह्याम्स अस्पताल लगिएको थियो । उनको छातीमा इन्फेक्सन भएको थियो ।

उनी २००७ सालको राणा विरोधी आन्दोलनमा सामेल भएका थिए।  उनकै नेतृत्वमा वाम घटकहरू २०४६ सालको जनआन्दोलनमा सहभागी भएका थिए । 

यसैबीच, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले स्वर्गीय बर्माप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।