आर्थिक

हिम इलेक्ट्रोनिक्स र डोको रिसाइक्लर्सबीच सम्झौता

By खबरहब

April 06, 2022

काठमाडौँ– हिम इलेक्ट्रोनिक्स प्रा.लि र डोको रिसाइक्लर्सबीच सहकार्य हुने भएको छ ।

आफ्ना पुराना इलेक्ट्रोनिक्स उत्पादनहरूको ई–फोहोर व्यवस्थापनका लागि सहकार्य गर्न हिम इलेक्ट्रोनिक्स र डोको रिसायकलर्सबीच सम्झौता भएको हो ।

सम्झौतामा गोल्छा ग्रुपका भाइस प्रेसिडेन्ट प्रभाकर एस थापा र डोको रिसाइक्लर्सका तर्फबाट नितेश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यो सम्झौताले वातावरण मैत्री व्यापारिक अभ्यासतर्फ आफूहरूले एक कदम अगाडि बढाएको दुवै कम्पनीले जनाएका छन् ।