खेलकुद

बेन्फीका माथि लिभरपुलको सहज जित  

By खबरहब

April 06, 2022

काठमाडौँ – युइएफए च्याम्पियन्स लिग फुटबलको पहिलो क्वाटरफाइनल खेलमा लिभरपुल विजयी भएको छ।

मंगलबार राति भएको खेलमा इंग्लिस क्लब लिभरपुलले बेन्फीका माथि ३-१ को सहज जित निकालेको हो ।

लिभरपुलको जितमा इब्राहिम कोनाटे, साडियो माने र लुइस डिआजले एक एक गोल गरे । बेन्फीका लागि डार्विन नुनेजले सान्त्वना गोल गरे।

अब लिभरपुलले १४ तारिखमा हुने दोस्रो लेगमा बेन्फिकालाई घरेलु मैदानमा स्वागत गर्नेछ ।