अन्तर्वार्ता

‘तत्काल वाम एकता जटिल छ’

By लक्ष्मण फुयाल

April 06, 2022

शक्तिबहादुर बस्नेत माओवादी केन्द्रका स्थायी समिति सदस्य हुन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग निकट रहेको नेता बस्नेत जाजरकोटबाट प्रतिनिधिसभाको सदस्य बनेका हुन्। बस्नेतले माओवादीका तर्फबाट गृह, स्वास्थ्य र वन मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्। २०४६ सालबाट राजनीतिमा सक्रिय बस्नेत माओवादीबाट राष्ट्रिय राजनीतिमा उदाएका नेता हुन्। बस्नेतसंग स्थानीय चुनाव, गठबन्धनको चुनावी तालमेललगायत विषयमा खबरहब सहकर्मी लक्ष्मण फुयालले गरेको कुराकानीको सारसंक्षेप:

माओवादी केन्द्रको स्थानीय चुनावको तयारी कस्तो छ ? तल्लो तहबाट कस्तो प्रतिक्रिया प्राप्त भएको छ ?

उत्साहपूर्ण वातावरणमा अग्रसर र सक्रियतापूर्वक स्थानीय चुनावी अभियान सञ्चालन भइरहेको छ। सबै टोल टोलमा माओवादीको अभियान सञ्चालन भइरहेको छ। संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नुपर्ने, संघीयताको पूर्ण रुपमा कार्यन्वयन गर्नुपर्ने लगायतका विषयवस्तु र आर्थिक सामाजिक रूपान्तरण मुलुकको कार्यसूचीको एजेण्डालाई प्रभावकारी कार्यन्वयन गर्ने गरी माओवादी चुनावी अभियानमा सहभागी भइरहेको छ।

नेकपा माओवादी केन्द्रको स्थानीय चुनावमा प्रतिबद्धता र घोषणापत्रको तयारी के भइरहेको छ ?

पार्टीको केन्द्रले सामान्य दिशानिर्देश गरेको छ। पार्टी केन्द्रबाट एउटा अपीलको तयारी भइरहेको छ। सबै स्थानीय तहले सम्बन्धित आ–आफ्नो विशेषता र कार्यक्षेत्रको आधारित भएर घोषणापत्र जारी गर्न तयारी गरिरहेका छन्। हामी संघीय व्यवस्था अन्तर्गत छौ। स्थानीय तहले आआफ्नो सापेक्षतामा आआफ्नो विशिष्टतामा स्थानीय स्तरमा गर्ने काम नै प्रमुख एजेण्डा हुन्। एजेण्डा केन्द्रले बोल्ने नीतिगत प्रश्न मात्रै होइन्। स्थानीय सरकारले के भूमिका पुरा र निर्वाह गर्छ। स्थानीय सरकारले के गर्न सक्छ। स्थानीय सरकारको के गर्ने योजना छ। त्यो लिएर जाने हो। दीर्घकालीन र केन्द्रीय योजनाको कुरा गरेर मात्र स्थानीय तहको निर्वाचन घोषणा पत्रको धेरै अर्थ हुँदैन। त्यसैले स्थानीय तहको घोषणापत्र बनाउने हाम्रो तयारी छ।

यो पटकको स्थानीय चुनावमा माओवादीका एजेण्डा के छन् ?

संघीय व्यवस्थाको औचित्यमाथि प्रश्न गरिरहेका छन्। स्थानीय तह औचित्यहीन बन्दै गएको आरोप एकथरीले लगाएका छन्। यो स्थितिमा स्थानीय तहको अझ प्रभावकारिता बढाउनुपर्ने आवश्यकता छ। संघीय व्यवस्थाको अझै प्रभावकारी कार्यान्वयनको आवश्यकता छ।संविधानले निर्धारण गरेको अधिकार क्षेत्रको पूर्णरुपमा कार्यान्वयनको निम्ति प्रयास अझ बढाउनुपर्ने अवस्था छ। स्थानीय तहको सवलीकरण, थप प्रभाकारिता हाम्रो एजेन्डा हो।

स्थानीय तहको निर्वाचनलाई स्थानी यतहका एजेन्डाले धेरै हदसम्म प्रभाव पार्नेछ। अहिलेको स्थानीय तहको निर्वाचनमा हाम्रो उपस्थिति गुणात्मक रुपमा २०७४ सालको स्थानीय चुनावभन्दा अझ सकारात्मक बन्ने हामीले विश्वास लिएका छौं।

स्थानीय तहको अर्थतन्त्रको निर्माणसहित आर्थिक, सामाजिक रूपान्तरणको आधार निर्माण गर्ने कुरा हाम्रो दोस्रो महत्वपूर्ण एजेन्डा रहेको छ। स्थानीय अर्थतन्त्रको निर्माणको निम्ति नयाँ विकासको मोडल स्थानीय अर्थतन्त्रको बलियो जगमा खडा भएको हुनेछ। विकास निर्माणको समग्र प्रक्रियामा स्थानीय समुदायको भूमिका सहभागिताको आवश्यकता महसुस गरेको छ। यो विषय हाम्रो अर्को एजेन्डा हुनेछ। प्राकृतिक स्रोत साधनमाथिको स्थानीय सरकारको र समुदायको स्वामित्व र अग्राधिकार स्थानीय सरकार र समुदायको पनि हो। स्थानीय सरकारको प्राकृतिक स्रोत साधनको उपयोग, सहभागिता र स्वामित्व हक स्थापित लागु गर्ने एजेन्डा हामीले राखेका छौं।

स्थानीय चुनावमा कस्तो परिणामको अनुमान गर्नुभएको छ ?

स्थानीय तहको निर्वाचनलाई स्थानी यतहका एजेन्डाले धेरै हदसम्म प्रभाव पार्नेछ। अहिलेको स्थानीय तहको निर्वाचनमा हाम्रो उपस्थिति गुणात्मक रुपमा २०७४ सालको स्थानीय चुनावभन्दा अझ सकारात्मक बन्ने हामीले विश्वास लिएका छौं।

अहिले गठबन्धनमा हुनुहुन्छ तालमेलको मापदण्ड कसरी तय गर्दै हुनुहुन्छ ?

केन्द्रबाट तालमेल र गठबन्धन अहिले जारी नै छ। गठबन्धनकै सरकार छ। हिजो केन्द्रमा भएको गठबन्धनको संयन्त्रलाई प्रदेश, जिल्ला, स्थानीय तहमा संयन्त्रले निर्माण गर्ने हो। स्थानीय तहका संयन्त्रमा छलफल गरेर त्यहाँको स्थितिको विश्लेषण अध्ययन गरेर, स्थानीय तहको राय तथा सुझाव संकलन गरेर तालमेलको प्रक्रिया अगाडि बढ्छ। स्थानीय तहहरूको राय संकलन भइसकेपछि कसरी अगाडि बढ्ने एउटा अन्तिम निष्कर्षमा हामी जान्छौं।

नेपाली कांग्रेसले मुख्य ठाउँ छाड्न नसकिने भनिरहेको छ, तालमेल सहज हुनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

होइन। यो विश्वस्त र अविश्वस्तको कुरै होइन। एकले अर्कोलाई गर्ने कुरा पनि होइन। केन्द्रमा गठबन्धनको सरकार भएकाले गठबन्धन स्वाभाविक कुरा हो र स्थानीय तहको निर्वाचनमा गठबन्धनको निरन्तरताको अर्थमा सबैले गरिरहेको कुरा हो। गठबन्धन स्थानीय आवश्यकतामा सबै सरोकारवालाको आवश्यकतामा निर्धारण हुने कुरा हो। सबैले आवश्यकता बोध गरेर मात्रै गठबन्धन हुने हो। कुनै एउटा पक्षले आवश्यकता बोध गरेर गठबन्धन आवश्यकता महसुस गरेर गठबन्धन हुने कुरा होइन। यो दिने र लिने कुरा होइन।

स्थानीय अर्थतन्त्रको निर्माणको लागि स्थानीय समुदायको सक्रिय सहभागिता पहलगत सुनिश्चतता हुनेछ। स्थानीय साधन स्रोतमा स्थानीय सरकारको अग्रता, अग्राधिकार स्थानीय सरकारको अग्राधिकारको व्यवस्थालाई सुनिश्चत गरिएको हुनेछ।

गठबन्धन स्थानीय चुनावपछि पनि अगाडि बढ्छ कि के हुन्छ ?

सबै स्थानीय तहमा राय तथा सल्लाह सुझाव लिने काम भइरहेको छ। सुझावलाई हेरेर आवश्यक निर्णय लिन्छौं।

माओवादीको मूल राजनीतिक कार्यदिशा अन्य दलभन्दा फरक छैन भन्दै आलोचना भइरहेको छ। के भन्नुहुन्छ ?

माओवादी फरक राजनीतिक शक्त्ति हो। संघीय लोकतान्त्रिक गणतन्त्रको निर्णय माओवादीले गरेको हो। आज माओवादीको अगाडिको कार्यभार संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरिरहेको छ। लोकतान्त्रिक गणतन्त्रको राज्य व्यवस्था र समाजवाद उन्मुख राज्य व्यवस्थाले माग गरेको आर्थिक व्यवस्था, सामाजिक व्यवस्था, आर्थिक सामाजिक रूपान्तरणको कार्यक्रम मुलुकले खोजीरहेको छ। त्यो कार्यक्रम माओवादीले अगाडि सारेको छ। माओवादी फरक ढङ्गबाट प्रस्तुत भइराखेको छ। यो नयाँ आर्थिक विकासको मोडल हुनेछ। जुन मोडलमा स्थानीय अर्थतन्त्र देशको महत्वपूर्ण जग बन्ने छ। स्थानीय अर्थतन्त्रको निर्माणको लागि स्थानीय समुदायको सक्रिय सहभागिता पहलगत सुनिश्चतता हुनेछ। स्थानीय साधन स्रोतमा स्थानीय सरकारको अग्रता, अग्राधिकार स्थानीय सरकारको अग्राधिकारको व्यवस्थालाई सुनिश्चत गरिएको हुनेछ। यो कुनै पार्टीले उठाइराखेको एजेन्डा फरक छ यो त्यसले अरु जस्तै छ भन्ने अर्थ मिल्दैन।

किन माओवादी आफ्नै पार्टी संगठनको बलमा चुनावमा नगई गठबन्धनमा जोड गरिरहेको छ ?

यो माओवादीको मात्रै कुरा होइन। केन्द्रमा गठबन्धनको सरकार छ। यो सबैले जानेमानेको कुरा हो। अहिलेको गठबन्धन निरन्तरताको प्रश्न हो। यो माओवादीको चाहाना आकांक्षा र आग्रहको विषयमात्र होइन।

माओवादीभित्र कसैले निरन्तर लाभ पाइरहे कसैलाई पार्टीले विभेद गर्दै गयो भनेर आलोचना गरिरहेका छन् यसलाई के भन्नुहुन्छ ?

माओवादीमा भन्दा अन्य पार्टीमा यस्तो प्रवृति छ। यो भनाइ जवरजस्ती स्थापित गर्न खोजेको छ। माओवादीले अझ न्यायपूर्ण ढङ्गले अझै जनवादी वातावरणमा अवसरको बाडँफाडँ गर्छ।

परिवर्तनका मुद्दाप्रति हामी सबै इमान्दार हुन सक्यौ भने एकता हुने हो। वामपन्थीमात्रै होइन, कम्युनिष्ट पार्टीको एकताको कुरा गरेका थियौं। नेकपा पनि बनाएको हो।

माओवादी सशस्त्र विद्रोहमा सुरुदेखि लागेका धेरै नेता जस्तै बाबुराम, विप्लव, वैद्य लगायत विभिन्न छुट्टा छुट्टै दल खोलेर बसेका छन्, सबैलाई समेट्ने प्रयास चाहिँ माओवादीले किन गर्न नसकेको हो ?

सबैलाई समेट्ने प्रयास भइराखेको छ। कतिपय साथीहरुको दृष्टिकोण सोचाइ आजको निम्ति व्यवहारिक छैन्। आजको समय सापेक्ष छैन  भन्ने कुरा अनुभूत गर्दै जानुभएको छ। यो परिस्थितिमा एकताबद्ध हुने वातावरण बन्ने हाम्रो विश्वास छ। उहाँहरुले गल्ती स्वीकार गरेमा एकताको वातावरण बन्छ भन्ने लाग्छ।

वामपन्थी दलको एकताको समस्या चाहिँ के देख्नु हुन्छ ?

परिवर्तनका मुद्दाप्रति हामी सबै इमान्दार हुन सक्यौ भने एकता हुने हो। वामपन्थीमात्रै होइन, कम्युनिष्ट पार्टीको एकताको कुरा गरेका थियौं। नेकपा पनि बनाएको हो। मूल नेतृत्वले पार्टी भित्रको समस्या छलफलको वातावरण नहुने बित्तिकै राजनीतिक व्यवस्थामाथि बन्चरो हान्ने प्रप्रति पार्टीका लागि घातक बन्यो। एजेन्डामा आधारित भएर अगाडि बढ्ने कुरानै मुख्य हो।

एकता हुने भन्दा पनि किन विभाजित भयौं भन्ने कुराको टुंगो हामीले पहिले लगाउनुपर्छ। विभाजनले तीतो अनुभव छ। त्यसको वस्तुपरक समीक्षाले नयाँ एकताको आधार निर्माण गर्नसक्छ।

नेकपाबाट विभाजित भएर तीन दल बनेका छन्। पुनः एकताको सम्भावना चाहिँ कत्तिको देख्नुहुन्छ ?

कनै पनि कुराको सम्भावना र निरपेक्षतालाई अस्वीकार भन्ने कुरा हुँदैन। तत्काललाई हेर्दा यो जटिल छ। एकता हुने भन्दा पनि किन विभाजित भयौं भन्ने कुराको टुंगो हामीले पहिले लगाउनुपर्छ। विभाजनले तीतो अनुभव छ। त्यसको वस्तुपरक समीक्षाले नयाँ एकताको आधार निर्माण गर्नसक्छ।