अटो

नयाँ वर्षमा निसानको अफर : एउटा गाडीमा ३ लाख ५० हजार नगद छुट

By खबरहब

April 06, 2022

काठमाडौँ – निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले नयाँ वर्ष २०७९ को लागि नयाँ अफर ल्याएको छ।

अफरको रुपमा उसले एउटै गाडी निसान किक्समा ३ लाख ५० हजार नगद छुट अफर ल्याएको हो ।

कम्पनीले १ वर्ष सम्मको इन्स्योरेन्स र सडक कर पनि छुट दिनेछ । समग्रमा ४ लाख ५२ हजारको छुट उपलब्ध हुने कम्पनीको भनाइ छ ।

कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ निसान किक्स साट्न सकिने अफरसमेत उपलब्ध छ । यसका लागि स्पट एक्सचेन्ज र भ्यालुएसन उपलब्ध हुनेछ।

सो अफर आजदेखि प्रारम्भ भएको र आगामी अप्रिल ३० अर्थात् वैशाख १७ सम्म लागू हुने बताइएको छ ।