अटो

फोटोन मोटर्सले इलेक्ट्रिक भ्यान बजारमा ल्याउँदै

By खबरहब

April 06, 2022

काठमाडौँ – फोटोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लू भ्रिद्दि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्सको इलेक्ट्रिक कार्गो भ्यान र स्कूल भ्यान केही महिनाभित्रै नेपाली बजारमा ल्याउने भएको छ ।

फोटोनका यी भ्यानहरू १०० किलाेवाट ९१३६ हर्सपावरभन्दा बढी इन्जिन क्षमताको रहेका छन् ।

यी भ्यानहरूको रेञ्ज सिङ्गल चार्जमा २५० किलोमिटर रहेको छ।

कम्पनीले बिजुली गाडीबाट वातावरण प्रदूषण नगन्य मात्रामा हुने भएकोले बिजुली गाडीतिर बढीकेन्द्रित हुनुपर्ने बताएको छ ।

फोटोन मोटर्सले वातावरणमैत्री एवं जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने कार्गो भ्यान नेपाली बजारमा ल्याउन लागेको जनाएको छ ।

बिजुली गाडी सञ्चालन खर्च कम हुने अन्तर्राष्ट्रिय अध्ययनहरूले प्रमाणित गरिसकेको पनि कम्पनीले जनाएको छ ।