खेलकुद

बी डिभिजन लिगमा सामाजिकको चौथो जित

By खबरहब

April 06, 2022

काठमाडौं- शहीद स्मारक बी डिभिजन लिगमा सामाजिक युथ क्लबले चौथो जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार दिउँसो भएको खेलमा सामाजिकले टुसाल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

सामाजिकको जितमा सुरेश खत्रीले २ गोल गरे ।