तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

श्रीलंकाको संसद् भवन नजिकै सैनिक र प्रहरीबीच झडप

By खबरहब

April 06, 2022

काठमाडौं– श्रीलंकामा सैनिक र प्रहरीबीच झडप भएको छ । संसद् भवन रहेको क्षेत्रमा मोटरसाइकलमा सवार सैनिकलाई प्रहरीले आक्रमण गरेसँगै प्रहरी र सैनिकबीच झडप भएको हो ।

राजधानी कोलम्बोस्थित संसद् भवन नजिकै रहेको पोलुवा चोकमा सैनिक नम्बर प्लेट नभएको मोटरसाइकलमा चढेर आएपछि घटना भएको श्रीलंकाबाट प्रकाशित हुने डेली मिरर अखबारको अनलाइन संस्करणले जनाएको छ ।

यता श्रीलंकाली सेनाका फिल्ड मार्शल शरथ फोन्सेकाले भने घटनाको निन्दा गरेका छन् । संसद्मा बोल्दै उनले सैनिकमाथि प्रहरीले आक्रमण गरिहाल्न नहुने बताएका हुन् ।

‘यदी सैनिकहरुले प्रहरीमाथि आक्रमण गरेको भए म सैनिकको पनि विरोध गर्ने थिएँ ।’ उनलाई उद्धृत गर्दै डेली मिररले जनाएको छ ।

‘तर यसै सन्दर्भमा म के भन्न चाहन्छु भने सैनिक अधिकारीहरु पनि नम्बर प्लेट नभएको मोटरसाइकलमा आउनु हुदैनथ्यो ।’ उनले भने ।