प्रतीकात्मक तस्वीर ।

अपराध

बालकोटस्थित सहकारीबाट नगद चोरी

By खबरहब

April 06, 2022

भक्तपुर – सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित खल्पिटार बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट नगद ६ लाख ९८ हजार ५ सय १२ रुपैयाँ चोरी भएको छ ।

सहकारीबाट उक्त रकम मंगलबार राति चोरी भएको प्रहरीले जनाएको छ ।

सहकारीको च्यानलगेट फुटाएरभित्र दराज तथा सेफमा रहेको नगद चोरी भएको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।