तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

‘भारत जलवायु परिवर्तनका मुद्दा उठाउने अग्रणी मुलुक’

By खबरहब

April 06, 2022

काठमाडौं– भारत जलवायु परिवर्तनका कारण विकासशील मुलुकहरुमा पर्न गएको असरविरुद्ध आवाज उठाउने अग्रणी मुलुकका रुपमा उदाएको भारतीय वातावरणमन्त्री भुपेन्दर यादवले जनाएका छन् ।

लोकसभामा सम्बोधन गर्दै उनले वातावरण विषयमा भारत सदैव ‘समाधान दायक’ मुलुक रहेको समेत टिप्पणी गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले वातावरणका क्षेत्रमा महत्वपूर्ण प्रगति हासिल गरेको भन्दै उनले विकसित मुलुकहरुले विकासशील मुलुकहरुका लागि १ खर्ब डलरको प्रतिबद्धता जाहेर गरेको समेत जानकारी दिए ।

‘यदी विकसित र विकासशील मुलुक मिलेर मौसम परिवर्तनविरुद्ध लड्ने हो भने विकसित मुलुकहरुले विकासशील मुलुकलाई दुई सेवा गर्नुपर्छ– प्रविधिको हस्तान्तरण र वातावरणीय वित्त ।’ उनले भने ।

उनले विश्वले भारतीय जीवनशैलीबाट पनि वातावरणसँग मिलेर कसरी बस्ने भन्ने सिक्न सक्ने बताए ।