क्रिकेट

आईपीएल : हैदरावादमाथि दिल्लीको जित

By खबरहब

May 06, 2022

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ। दिल्लीले सनराईजर्स हैदरावादलाई २१ रनले हराएको हो।

सुरुमा ब्याटिङ गरेको दिल्लीले दिएको २ सय ८ रनको लक्ष्य पूरा गर्न नसक्दा हैदरावाद पराजित भएको हो। हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाउन सक्यो। यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ७ रन बनाएको थियो।

यो जितसँगै १० अंक जोडेको दिल्ली पाँचौं स्थानमा उक्लिएको छ। समान १० अंक नै जोडेको हैदरावाद छैटौं स्थानमा छ। समान अंक भए पनि रनरेटका आधारमा दिल्ली पाँचौ स्थानमा पुगेको हो।