समाचार

थप १५ जनामा कोरोना संक्रमण

By खबरहब

May 06, 2022

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको २ हजार ४ सय ५० पिसिआर परीक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको र १ हजार ३ वटा एन्टीजेन परीक्षणका क्रममा भने कसैमा पनि कोरोना पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन भने १७ जना निको भएका छन्। 

हाल नेपालमा २ सय १५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।