गसिप

धिरजको पर्खाई

By खबरहब

May 06, 2022

काठमाडौँ- ‘इन्टु मिन्टु लन्डन’ बाट धिरज मगरको डेब्यु राम्रै भएको भयो । फिल्म औसत भए पनि दर्शकले उनलाई खुला हृदयले स्वागत गरे । दर्शक त्यसयता उनलाई पर्दामा हेर्न आतुर छन् । तर, त्यो संयोग भने जुरेको छैन । धिरजलाई डेब्यु गराउने कोरियोग्राफर तथा निर्देशक रेनाशा बान्तवा राईले उनैलाई लिएर ‘आई एम ट्वान्टी वान’ निर्माण तथा निर्देशन गरेकी छिन् । 

यद्यपि फिल्मको अझै रिलिज डेट घोषणा भएको छैन । निर्माता प्रज्वल राणासँग विवाह गरेकी रेनशा आम बन्दैछिन् । यसैले गर्दा पनि ‘आई एम ट्वान्टी वान’ झट्टै रिलिज हुने सम्भावना छैन । यद्यपि उनले अभिनय गरेको तेस्रो फिल्म ‘बाबरी’ ले भाद्र ३१ लाई रिलिज तय गरेको छ । सुरेन्द्र पौडेल निर्देशित फिल्ममा धिरजले अदिति बुढाथोकीसँग स्क्रिन सेयर गरेका छन् । 

लभ स्टोरी जनरा रहेको फिल्ममा दर्शकको माया पाउने विश्वास गरिएको धिरजलाई दर्शकले दोस्रो फिल्म हेर्न पर्खेको  लामो समय भइसकेको छ । धिरजको लागि पर्खाइको फल मिठो होला या नहोला ? यो भने आउँदा दिनले नै बताउने छ ।