प्रधान सेनापतिद्वारा स्नाइपर प्रतियोगिताको निरीक्षण

By खबरहब

May 06, 2022

काभ्रेपलाञ्चोक– प्रधान सेनापति प्रभुराम शर्माले आज काभ्रेपलाञ्चोकको रोहिणी भञ्ज्याङ्गस्थित फायरिङ्ग रेञ्जमा नेपाली सेनाद्वारा सञ्चालित ‘विशेष फौज बाहिनी स्नाइपर प्रतियोगिता’ को निरीक्षण गरेका छन् ।

सोही क्रममा उनले ३०० र ५०० मिटर रेञ्जमा स्नाइपर हतियारबाट फायरिङ्ग, ‘फक्स होल’ स्नाइपर मचान तथा विशेष फौज बाहिनीअन्तर्गतका युनिटहरूले प्रदर्शन गरेका विशेष अपरेशनसम्बन्धी कारबाहीको अवलोकन गरेका थिए ।

फायरिङ्ग प्रतियोगितामा उत्कृष्ट हुन सफल सकलदर्जालाई प्रधान सेनापति शर्माले पुरस्कार वितरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

निरीक्षण भ्रमणको दौरान प्रधान सेनापति शर्माले आजै नगरकोटस्थित नेपाली सैनिक वार कलेजको निरीक्षण गरेर उक्त वार कलेजको वस्तुस्थिति, तालिम गतिविधिलगायत विविध पक्षबारे जानकारी लिएका थिए ।