बलिउड/हलिउड

सामन्थासँग रणवीरको जोडी ?

By खबरहब

June 06, 2022

काठमाडौँ– ‘पुष्पा’ को आइटम गीतमा नृत्य गरेपछि सामन्था रूथ प्रभुको लोकप्रियता बढ्दो छ । गीतमा अल्लु अर्जुनसँग उनले गरेको नृत्य अहिलेपनि चर्चामा छ । त्यहीँ गीत मार्फत सामन्था अहिले बलिउडमा समेत प्रिय बनिसकेकी छिन् । यिनै सामन्थाको जोडी बलिउड अभिनेता रणवीर सिंहसँग बाँधिने चर्चा छ । सामन्थाले रणवीरसँगको एक तस्वीर सार्वजनिक गरेपछि यो चर्चा बढेको हो । 

सामन्था सुरक्षाकर्मीको पोशाकमा  छिन् भने रणवीर निलो सर्टमा देखिएका छन् । उनले क्याप्सनमा  ‘प्यारो रणवीर’ समेत लेखेकी छिन् ।  यी सब गतिविधिले  यी दुईको जोडी  ठुलो पर्दामा देखिन सक्ने अनुमान लगाइएको छ । यद्यपि आधिकारिक रुपमा  कसैले केही भनेको छैन । तर, यो जोडीलाई तस्वीरमा देखेसँगै फ्यानले  समेत संगै देखिन आग्रह गरिरहेका छन्।