अपराध

ज्यान मार्ने उद्योगका फरार प्रतिवादी पक्राउ

By खबरहब

June 06, 2022

ज्यान मार्ने उद्योगका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दियाको गुलरिया घर भई हाल काठमाडौंको बानेश्वर बस्ने ३६ वर्षिय कपिल भण्डारी रहेका छन् ।

उनले २०७८ फागुन २५ गते अछामको मंगलसेन नगरपालिका स्थायी घर भई काठमाडौंको मैतीदेवी बस्ने ३३ वर्षिय वर्षिय कमान सिंह बोगटीलाई पुरानो रिसिबिका कारण खुकुरी प्रहार गरी गम्भिर घाइते बनाई फरार भएका थिए । उनलाई सुनसरीको धरानमा लुकीछिपी बसेको सुचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको कार्यालयका सुचना अधिकृत प्रहरी उपरिक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिएका छन् ।