राजनीति

हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

By खबरहब

June 06, 2022

काठमाडौँ– हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । 

मन्त्रिपरिषद्ले आवश्यक विचार विमर्श नै नगरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिएको भन्दै उक्त निर्णय बदर गर्न माग गर्दै अधिवक्ता रामबहादुर शाही, तेजबहादुर लोहिया, सन्तोष भण्डारी र त्रिलोकबहादुर चन्दले रिट दायर गरेका हुन् । उनीहरूले आइतबार पनि सार्वजनिक बिदा दिने वैशाख २६ गतेको निर्णय बदर गर्न र परमादेश माग गरेका छन् ।

पेट्रोलियम पदार्थ महँगो हुँदा र विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि आयल निगमले हप्तामा दुई दिन बिदा दिन प्रस्ताव गरेको थियो । गत वैशाख २६ गतेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार जेठ १ देखि सरकारी कार्यालयमा शनिबार र आइतबार सार्वजनिक विदा कार्यान्वयन भइरहेको छ ।