फाइल तस्वीर

अन्तर्राष्ट्रिय

पाकिस्तानको उत्तरी वजिरिस्तानमा आत्मघाती बम आक्रमण

By खबरहब

June 06, 2022

काठमाडौं– पाकिस्तानमा गराइएको आत्मघाती बम आक्रमणमा दुई जना सैनिक घाइते भएका छन् । अफगानिस्तानसँग सीमा जोडिएको उत्तर वजिरिस्तानमा रहेको एक सुरक्षा चौकलाई लक्षित गर्दै आत्मघाती बम आक्रमण गराइएको हो ।

विस्फोटका कारण दुई सैनिक तथा अन्य दुई जना बालबालिका घाइते भएका छन् । उत्तर वजिरिस्तानको जातीय इलाकाको रजमाक क्षेत्रमा आत्मघाती बम आक्रमण भएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ ।

अधिकारीका अनुसार मोटरसाइकलमा आएको आत्मघाती बम आक्रमणकारीले सुरक्षा चौकीमा रोकिरहेको सवारीलाई लक्षित गरी आक्रमण गरेको थियो ।

डनले जनाएअनुसार घाइते हुने पाकिस्तानी सैनिकमा नाइक बनारस र सिपाइ मुन्सिफ खान रहेका छन् । पछिल्लो समय अफगानिस्तानसँग सीमा जोडिएको जातीय क्षेत्रमा आतंककारी गतिविधिमा वृद्धि भएको जनाइएको छ ।