तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

एक महिनामा अफगानिस्तानको राजधानी काबुलबाट दुई हजार पक्राउ

By खबरहब

June 06, 2022

काठमाडौँ- अफगानिस्तानको राजधानी काबुलमा गत एक महिनामा आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले दुई हजार जनालाई पक्राउ गरेको राज्य सञ्चालित बख्तर समाचार संस्थाले जनाएको छ ।

आन्तरिक मन्त्रालयका प्रवक्ता अब्दुल नाफी ताकारलाई उद्धृत गर्दै बख्तरले जनाएअनुसार यो अवधिमा अपहरण, चोरी, लागूऔषध तस्करीदेखि कार लुट्ने सम्मका ८५९ मुद्दा दर्ता भएका र करिब दुई हजार जना पक्राउ परेका हुन् ।

अफगानिस्तानमा गत अगस्त १५ मा तालिबान समूहले सत्ता कब्जा गरेको थियो । यस समूहले सरकारविरोधी गतिविधिमा संलग्न विपक्षी समूहका नेता कार्यकर्तालाई यो वा त्यो बहानामा पक्राउ गर्ने र अनावश्यक तनाव दिने गरेको विपक्षी समूहहरुले आरोप लगाउने गरेका छन् ।

अफगानिस्तानमा अस्थिर राजनीतिक परिस्थितिको लाभ उठाउँदै यो अवधिमा विभिन्न आपराधिक समूहहरू सक्रिय हुने गरेको सरकारी अधिकारीहरूको भनाइ रहने गरेको छ ।

प्रहरीले पक्राउ परेकामध्ये अधिकांश आपराधिक गतिविधिमा संलग्न व्यक्ति र समूह रहेको जनाएको छ । उनीहरूविरूद्ध अनुसन्धान भइरहेको बताइएको छ ।