सांकेतिक तस्बिर

समाचार

वन्यजन्तु पीडित प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक महिलाको मृत्यु

By खबरहब

June 06, 2022

काठमाडौँ– वन्यजन्तु पीडित प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक महिलाको मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिकामा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक स्थानीय महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय राजापुरका डीएसपी सूर्य सुवेदीले बताएका छन् । झडपका क्रममा प्रहरीले दर्जनौं अश्रुग्यास प्रहार गरेको थियो। झडपमा प्रहरी र केही स्थानीय घाइते भएका छन् ।

मधुवनको ओराली बजारमा अहिले प्रदर्शन जारी छ ।  बाघको आक्रमण बढेपछि मधुवन-२ चमेली गौडी सामुदायिक वनका अध्यक्ष कालीराम थारुको नेतृत्वमा चक्काजाम भएपछि गुलरिया–राजापुर सडकखण्ड बन्द भएको छ ।

सरकारले वन्यजन्तु पीडितप्रति उदासिन भएको, वनका अधिकारी घटनास्थल नपुगेको भन्दै आक्रोशित हुँदै गाउँगाउँबाट मानिसहरु सडकमा टायर बाल्दै विरोध प्रदर्शन गरेका छन् ।